लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका मेयर बासुदेव घिमिरे यसरी कड्किए, आउनुस प्रदेश राजधानीका लागि शान्तिपुर्ण आन्दोलन गरौ !!

IMG
२०७७ असोज १८ गते आइतबार, तिलोत्तमा । तात्तातो र जल्दो बल्दो छ अहिले प्रदेश नम्बर ५ को राजधानी सर्ने बिषय।  यहि सन्दर्भमा नेपालि कांग्रेस लगायत केहि दल र व्यापारिक संगठनहरु आन्दोलनमा छन्।  रुपन्देही बन्दको घोषणा समेत गरेका छन्।  आइतबार बिहानै एकाएक तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे स्थानिय एक रेडियो लुम्बिनीमा अन्तर्वार्ता दिदै कड्किए। चुनाव जिते लगत्तै प्रदेशका लागि मरिमेटेर लागेको मेहनत बालुवामा पानि गराउन खोज्नेले अबको राजनीति र जनताको आशाका बारेमा के गर्छन प्रश्न खडा गरे।  प्रदेश सार्ने जस्तो घृणित खेल जनता संग खेल्नेहरुले  किन यतिबेरसम्म अनिर्णयको बन्दि बनाए ? उनको प्रश्न माथिको प्रश्नले प्रदेश के अब साच्चिकै सर्ने नै हो त भन्ने प्रश्न खडा गरेको छ।  


नगरप्रमुख घिमिरेले प्रदेश कुनै पनि हालतमा सार्न खोजिए आफुहरु सहित यो आन्दोलनमा होमिने समेत बताएका छन्। जनताको अगाडी खाएको कसम तुहिने बताउदै अब लुम्बिनी अञ्चलमा राजनीति गर्ने जुनसुकै दलका नेता हरुले कुन मुखले राजनीति गर्ने र कसरि भोट माग्ने हुन् भनि प्रश्न समेत गरेका छन्। उनले यो निर्णय नसच्चीय आफुहरु अराजक , मुठभेड र तोडफोड बिना शान्तिपूर्ण आन्दोलनमा एक्यबद्द रहने जानकारी समेत दिए।  सुनौ यो भिडियोमा :



कमेन्ट गर्नुहोस्