
असोज १४, तिलोत्तमा। रूपन्देहीको तिलोत्तमा नगरपालिका १ स्थित नयाँमिलमा रहेको दुर्गा वैद्धिक परमान्द संन्यास आश्रमको आयोजनामा भर्चुअल माध्यमको प्रयोग गर्दै पुरुषोत्तम महात्म्य संत्सङ्ग कार्यक्रम सञ्चालन भैइरहेको छ । सो कार्यक्रममा आश्रमका पीठाधिस श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको मुखारविन्दबाट प्रवचन भइरहेको आश्रमद्वारा संचालित गुरुकुलका शिक्षक श्यामप्रसाद अर्यालले जानकारी दिनु भयो । कार्यक्रममा दैनिक पचास देखि सय जनासम्म भक्तजनहरुको उपस्थिति रहने र भर्चुअल बिधिमै कथा श्रवण गर्ने आश्रमका सह–अध्यक्ष दुर्गा प्रसाद खरेलले जानकारी दिनुभयो ।
यस बर्षको मलमासको समयमा पुरुषोत्तम माहत्म्य श्रवण गर्नाले र पुरुषोत्तम भगवानको आरधना गर्नाले विभिन्न मनोकामना सिद्ध हुने शास्त्रमा उल्लेख गरिएको छ । हाल विश्व व्यापी फैलिएको कोभीड-१९ (कोरोना) कारण भर्चुअल माध्यमबाटै भए पनि संत्सङ्गको आयोजना गरिएको स्वामी विवेकानन्द सरस्वती महाराजले बताउनुभयो । यस अघिका बर्षमा पुरुसोत्तम महिनामा दर्शनार्थी र भक्तजनहरुको कथा श्रवण का लागि घुइचो लाग्दथ्यो तर यसपाली भने भर्चुअल प्रविधिमै दर्शनार्थीहरु सहभागी भएको उहाको भनाइ छ। आश्रमको आयोजनामा अन्य समयमा पनि विभिन्न सत्सङ्गहरु हुने गर्दछन् ।
कमेन्ट गर्नुहोस्