लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उद्योग वाणिज्य संघको साधारणसभा स्थगित

tillotmacitynews - 2020 Sep 29 08:52 PM
IMG

बुटवल । बुटवल उद्योग वाणिज्य संघको ६७ औं साधारणसभा तथा अधिवेशन स्थगित भएको छ । संघले असोज २८ र २९ गते गर्ने तय गरेको साधारणसभा मंगलबार बसेको बैठकले स्थगित गरेको हो । खिमबहादुर हमालको अध्यक्षताको कार्यावधि समाप्त भएका उद्योग बाणिज्य संघले निर्वाचनको समेत तयारी गर्दै असोज २८ र २९ गते साधारण सभा र नयाँ कार्यसमितिको निर्वाचनको घोषणा गरेको थियो ।मुलुकमा जारी कोरोना महामारीका कारण सबैजना एक स्थानमा भेला हुन सक्ने परिस्थिती नभएको भन्दै साधारणसभा स्थगित गरिएको बुटवल उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले जानकारी दिए ।


संघले अधिवेशनको घोषणा गरेसँगै बुटवलका व्यवसायीहरुमा निर्वाचनको वाताबरण सुरु भईसकेको अवस्थामा साधारणसभा स्थगित भएको छ ।आगामी कार्यकालका लागि संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजुर र उद्योग तर्फका अध्यक्ष अनिल प्रसाद श्रेष्ठले अध्यक्ष पदमा दाबी गर्दै आ-आफ्ना पक्षमा लबिङ समेत सुरु गरिसकेका थिए ।उद्योग वाणिज्य महासंघको निर्वाचन पछि नै बुटवलमा अधिवेशन गर्ने सहमति भएको श्रेष्ठले बताए । पटक पटक स्थगित हुँदै आएको महासंघको अधिवेशन मंसिर महिनामा गर्न अघिल्लो हप्ता मात्र गृह मन्त्रालयले स्विकृति दिएको छ ।

कमेन्ट गर्नुहोस्