
२०७७, १३ आश्विन
मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।
आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।
कमेन्ट गर्नुहोस्