लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ६७० सक्रिय कोरोना संक्रमित,२२ जनाको मृत्यु,बुटवलमा २४ जना थपिए

tillotmacitynews - 2020 Sep 27 09:23 PM
IMG

बुटवल,असाेज ११- रुपन्देहीमा आज ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। याे स‌गै जिल्लामा सक्रिय संक्रमितको संख्या ६७० पुगेको छ।बुटवलमा  २४ जना थपिएका छन् ।पछिल्लो २४ घण्टामा विभिन्न ल्याबमा गरिएका परिक्षणअनुसार थप १७ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले बताए ।


सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ७ महिला र १७ पुरुष गरी २४, सिद्धार्थनगरमा ५ जना, तिलोत्तमा नगरपालिकामा ६ जना, सैनौमनामा ३ जना, देवदह, ओमसतिया, कञ्चन र मायादेवीमा १-१ जनामा संक्रमण पुष्टि भएको छ।आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ५४ पुगेको शाहले जानकारी दिए।कार्यालयका अनुसार हाल सम्म २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १७६३ जना निको भएर फर्किसकेका छन् भने ६७० जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।

कमेन्ट गर्नुहोस्