
तिलोत्तमा असोज ११,२०७७। महिलाहरुको उद्यमशीलता र नेतृत्व विकाससँगै समग्र पक्षमा सशक्तीकरण गर्नको लागि रुपन्देहीका सबै नगरपालिका तथा गाउँपालिकाका उप–प्रमुख एवं उपाध्यक्ष सम्मेलित महिला उद्यमशीलता प्रबर्धन नेपालको बैठक तिलोत्तमा नगरपालिकामा आज बस्यो । बुटवल उप–महानगरपालिका उप–प्रमुख गोमादेवी आचार्यको अध्यक्षता, तिलोत्तमा प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न बैठकले प्रदेश भरीका स्थानीय तहका उप–प्रमुख, गाउपालिकाका उपाध्यक्षहरुलाई समेट्दै उद्यमशीलता मार्फत् समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सामाजिक अभियान अघि बढाउने लगायतका निर्णय गरेको छ ।
यस विषयमा थप योजनासहितको जानकारी आगामी असोज १८ गते बिहान ११ बजे बुटवलमा पत्रकार सम्मेलन मार्फत् गराइने तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।बैठकमा महिला उद्दमशिलाता नेतृत्व विकाससँगै समग्र पक्षमा सशक्तीकरण लगायतका बिषयमा सबै नगर उपप्रमुख र उपाध्यक्षहरुले आ-आफ्ना भनाइ राखेका थिए।
कमेन्ट गर्नुहोस्