लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१२ सय ७ जना संक्रमित थपिए, ११ सय ४७ जना घर फर्किए

IMG

काठमाडौं । शनिबार १२ सय ७ जना जना नयाँ संक्रमित थपिएका छन् ।१० हजार १९ पीसीआर परीक्षणमा १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।शनिबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना रहेका छन् ।


होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् ।संस्थागतमा भन्दा होम आइसोलेसनमा संक्रमितहरु बढी बस्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ११ सय ४७ जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्