
बुटवल-पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अझैपनि खुलेको छैन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुला गर्न सकिएको छैन।ढुंगा फोड्नका लागि गाडी गएको र ढुंगा फोड्न सकिएमा बेलुकादेखि एकतर्फी रुपमा सडक सुचारु हुने प्रहरीले जनाएको छ। सो सडकखण्डको करीब १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
केही साना पहिरो हटाएपनि ठूलो ढुंगा हटाउन कठिनाइ भएका कारण सडकमा गाडी चल्न सकेका छैनन्।पाल्पा तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ। अहिले बुटवल-तानसेन सडक खण्ड पूर्ण रुपमा बन्द रहेकाले पहिरो नहटेसम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न प्रहरीले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्