लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्र बैंकमा खुल्यो जागिर इन्जिनियर र चालक चाइयो

tillotmacitynews - 2020 Sep 24 06:11 PM
IMG
८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकमा सिभिल इन्जिनियर र सवारी चालकका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालक नियुक्त गर्न लागेको हो ।करार अवधि ६ महिना हुने राष्ट्र बैंकले जानकारी दिएको छ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने राष्ट्र बैंकले बताएको छ ।

कमेन्ट गर्नुहोस्