
लगातारको वर्षापछि खोला तथा नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार रुपन्देहीको तिनाउ नदीले खतराको तह पार गरेको छ।बुटवलमा रहेको स्वचालित बाढी मापन केन्द्रका अनुसार अहिले तिनाउमा पानीको तह ५.४८ मीटर रहेको छ। वुटवल स्थित तिनाउ नदीमा पानीको तह ५.६ हुनुलाई खतराको तह पार गरेको मानिन्छ।तिनाउ बढ्ने क्रम जारी रहेको छ।
आज बिहानदेखि रुपन्देही र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, इलाम, कपिलवस्तु लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको छ।तिनाउ जलाधार क्षेत्रमा रहको स्वचालित बर्षा मापन केन्द्रका अनुसार पछिल्ला तीन घण्टामा १५.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै झापाको चन्द्रगढी एयरपोर्टमा तीन घण्टामा १३.६ मिलिमिटर वर्षा मापन गरिएको छ। सो क्षेत्र वरपर बस्ने बासिन्दा हरुलाई सचेत रहन र सतर्क रही जीबनयापन गर्न जिल्ला प्रसासनले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्