
रुपन्देहीको बुटवल उ.म.न.पा.११ योगिकुटी स्थित बा२१च ३८६३ नं.को स्कारपियो गाडीले लु२९प १००८ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक सैनामैना न.पा.९ बस्ने ३० बर्षीय सुवाष गौतमको खुट्टामा चोट लागेको छ भने पछाडी सवार बाग्लुङ बुर्तिवाङ घर
बताउने ३० बर्षकै अर्जुन कुवरको टाउको र खुट्टामा चोट लागेको र दुबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते दुबै
जनाको चौराहा अस्पताल बुटवलमा उपचार भई रहेको छ भने स्कारपियो, चालक र मो.सा.नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय बुटवल ले जनाएको छ। घटना के कसरि भयो त्यसबारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।
त्यस्तै रुपन्देहीको कञ्चन गा.पा.५ अस्नैया स्थित लु२४प ९६५८ नं.को स्कुटरले दुई वटा साईकललाई ठक्कर दिँदा कञ्चन गा.पा.१ गजेडी बस्ने १८ बर्षीय को साहिल दर्जि,स्कुटर पछाडी सवार १९ बर्षीय पुरन पुन साईकल यात्री अस्नैया बस्ने ३१ बर्षीय की कमला नेपाली, अर्की साईकल यात्री १७ बर्षीय बालिका र सोहि साईकल पछाडी सवार १३ बर्षीय बालिका घाइते भएका छन्। घाइतेहरुको कसैको खुत्ट्त र कसैको हातमा चोट लागेको छ भने सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हरुको प्रकृति अनुसार बुटवल हस्पिटल प्रालि र मेडिटेक अस्पतालमा उपचार भैरहेको छ।
कमेन्ट गर्नुहोस्