लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजामतीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित

tillotmacitynews - 2020 Sep 22 06:54 AM
IMG

२४ असोजमा गर्ने भनिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुने भएको छ। सरकारले कोरोना महामारीको कारण देखाउँदै आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्ने तयारी गरेको हो।श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले निर्वाचन स्थगित गर्ने प्रस्ताव आधिकारिक ट्रेड यूनियनका अध्यक्ष भोला पोखरेललाई सुनाएको पोखरेलले बताए।निर्वाचन स्थगित गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेर निर्णय गर्ने तयारीमा सरकार छ। “निर्वाचन स्थगित हुने निश्चित भयो, अब अर्को मिति घोषणा गरेर स्थगित हुन्छ वा अनिश्चितकालका लागि स्थगित हुन्छ, त्यो घोषणा मात्र बाँकी हो,” आफ्नो नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय श्रोतले बतायो।


महामारीका वेला कर्मचारीलाई चुनावको चटारो, यस्तो छ चुनावी जोडघटाउ

निर्वाचन स्थगित गर्ने विषयमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति बनेपछि आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित हुन लागेको हो।यसअघि सरकारले २४ असोजमा आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्ने गरी निर्वाचन कार्यालय स्थापना गरी कार्यतालिका समेत सार्वजनिक गरेको थियो।सार्वजनिक कार्यतालिका अनुसार ९ असोजमा मतदाता नामावली प्रकाशन, मतदातानामावलीउपर दाबी-विरोध ११ असोज, अन्तिम नामावली प्रकाशन १३ असोजको समय तोकिएको छ।त्यसैगरी, उम्मेद‍्वारी दर्ता १४ असोज बिहान १० देखि अपरान्ह ५ बजेसम्म, उम्मेद‌्वारले नाम फिर्ता लिने समय १५ असोज बिहान १०-१२ बजेसम्म, उम्मेद्‌वारको नाममा दाबी-विरोध १५ असोज दिउँसो १ देखि ५ बजेसम्मको समय तोकिएको छ।उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन १६ असोजमा गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। ५ साउनको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन गर्ने प्रयोजनका लागि नेपाल न्याय सेवा कानून समूहका सहसचिव कलानिधि पौड्याललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको थियो।

कमेन्ट गर्नुहोस्