
#तिलोत्तमा / रुपन्देहीमा सोमबार १८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ९ जना महिला र ९ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७२ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकामा १३ जना, सिद्धार्थनगर नगरपालिकामा ४ जना र तिलोत्तमा नगरपालिकामा १ जना संक्रमित थपिएका छन् । रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ३०२ जना संक्रमित निको भएका छन भने ७४९ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्