लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

क्रोएसियन मिडफिल्डर राकिटिकले लिए सन्यास

IMG

क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसिया फुटबल फेडेरसनले सोमबार राकिटिकले सन्यास घोषणा गरेको जनाएको छ ।३२ वर्षीय राकिटिकले क्रोएसियाको राष्ट्रिय टिमबाट १०६ खेल खेल्दै १५ गोल गरेका छन् । हाल ला लिगा क्लब सेभियाबाट खेलिरहेका राकिटिकले प्रशिक्षक ज्लाट्को डालिक फेडेरसनका अध्यक्ष डेभोर सुकर र कप्तान लुका मोडरिकलाई आफ्नो निर्णयबारे जानकारी गराएको क्रोएसिया विकले जनाएको छ ।राकिटिकले राष्ट्रिय टिमबाट विदा लिनु करियरकै सबैभन्दा कठिन निर्णय भएको बताएका छन् ।


‘क्रोसियन राष्ट्रिय टिमलाई गुडबाई भन्नु मेरो करियरकै सबैभन्दा कठिन निर्णय हो तर निर्णय लिनका लागि मलाई यही समय सही लाग्यो’ राकिटिकको भनाई उदृत गर्दै क्रोएसिया विकले लेखेको छ, ‘मैले आफ्नो टिमका लागि खेलेको हरेक खेलमा इन्जोए गरेँ ।’क्रोएसियन आमाबाबुबाट  स्वीट्जरल्याण्डमा जन्मिएका राकिटकले उमेर समूहमा स्वीट्जरल्याण्डको लागि खेलेका थिए । तर सिनियर टिममा भने क्रोएसियाबाट खेले  ।


सन् २००७ मा क्रोउसियाका लागि डेब्यू गरेका राकिटिकले सन् २००८, २०१२ र २०१६ मा तीन युरोकप तथा २०१४ र २०१८ को विश्वकप खेले  । २०१८ मा विश्वकपमा क्रोउसिया फाइनलसम्म पुग्दा राकिटिक महत्तपूर्ण सदस्य थिए ।स्पानिस जाइन्ट बार्सिलोनामा ६ सिजन बिताएर राकिटिक यसैसिजन पूर्वक्लब सेभिया फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्