लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने तयारी

tillotmacitynews - 2020 Sep 21 08:04 PM
IMG

६ असोज, काठमाडौं । भैरहवामा बनिहरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको छ । टर्मिनलका विभिन्न प्रस्तावित डिजाइनमाथि सरकारले छलफल थालेको  छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रस्तावित डिजाइनका विकल्पसहित  ग्राफिक्सहरू राख्दै सुझाव मागेका छन् ।थप १० वटा विमान पार्किङ गर्न सकिने गरी दोस्रो टर्मिनल भवन बनाउने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

। पहिलो टर्मिनससँगैको यो टर्मिनल भवन पनि बन्नेछ । यसको डिजाइन परामर्शदाता कम्पनी आईसीटी एनएक्स स्लेटले गरिरहेको छ ।भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरेको रिर्पोटिङ अनुसार विमानस्थल आयोजनाको पहिलो चरणको परियोजना अन्तरगत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको छ ।उनका अनुसार अब बाँकी काम चिनियाँ दक्ष तथा प्राविधिक र इन्जिनियरको पर्खाइका कारण रोकिएको छ । अब उपकरण जडानका कामहरु हुनेछन् ।उपकरण विमानस्थल निर्माण क्षेत्रमा आईसकेका छन् । तर, त्यसको जडानमा चिनियाँ प्राविधिक आउनु पर्ने तर नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण उनीहरु आउन सकेका छैनन् ।आयोजना प्रमुख अधिकारीका अनुसार ३५ जना यस्ता दक्ष कामदार तथा इन्जिनियरलाई नेपाल ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार भइसकेको छ । उता, पर्यटन मन्त्री भट्टराई पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गरिसकेका छन् ।विमानस्थलको मूख्य संरचना ३ हजार धावनमार्ग, ट्याक्सी-वे तथा एप्रोनको सिभिलतर्फको काम पुरा भएको छ ।


यी संरचनामा विद्यूतीकरणको काम भने अहिले पनि जारी रहेको आयोजना प्रमुख अधिकारीले उल्लेख गरेका छन् ।अन्तर्राष्ट्रिय टर्मिनल भवन-१, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माणको काम पनि पुरा भएको छ । यी संरचनामा अहिले इन्टेरियर, उपकरण जडान र फिनिसिङका काम जारी छन् ।विमानस्थललाई सुरक्षित बनाउन तारबारले गर्ने, घेर्ने तथा नाला लगाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ । यस आधारमा भौतिक संरचना ९२.५ प्रतिशत पुगेको छ ।आयोजना प्रमुख अधिकारीका अनुसार अब उपरकण जडानका काम बाँकी छन् । त्यसका लागि उपकरण आयोजना स्थलमा आइसकेका छन् । यसअघि लकडाउनको बीचमा यी उपकरण समेत भन्सारमा रोकिएका थिए ।ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने उनले जानकारी दिएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ ।आयोजनाले उपलब्ध गराएको विवरणअनुसार लकडाउन सुरु भएयता भदौ २२ सम्म यो आयोजनाको भौतिक प्रगति ४.५ प्रतिशतले वृद्धि भएको हो ।


आयोजनामा लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका थिए । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरपर खाली स्थानमा माटो भर्ने काम समेत यही बीचमा सम्पन्न भएको छ ।टर्मिनल भवनमा इन्टेरियरका काम पनि यही अवधिमा सुरु भएको उनले जानकारी दिए । उनका अनुसार अब कन्भेयर बेल्ट जडान, विद्यूतीय सामग्री र सूचना प्रविधिसँग सम्बन्धित उपकरण जडानको काम प्राविधिक आइसकेपछि प्रारम्भ हुने भएको छ ।यो आयोजना डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको हो । तर, त्यो अवधिमा ठेकेदार र पेटी ठेकेदारको झगडा, नदीजन्य निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दीको असर समेतो कारण देखाउँदै आयोजनाको म्याद थपिँदै आएको छ ।गौतमबुद्ध विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ ।


उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।यो विमानस्थल निर्माणमा एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोग रहेको छ । यो विमानस्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ । तर, जग्गा अधिग्रहणका क्रममा भने यो विमानस्थलमा ठूलो रकम लगानी भइसकेको छ ।

कमेन्ट गर्नुहोस्