लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकैदिन कोरोना संक्रमणबाट १८ जनाको मृत्यु पुष्टि

tillotmacitynews - 2020 Sep 20 08:23 PM
IMG

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै काठमाडौंका ४, पर्सा र चितवनका २/२ जना तथा ललितपुर, भक्तपुर, मकवानपुर, रुपन्देही, पाल्पा, बाँके, बारा, रौतहट, सप्तरी र धनुषाका १/१ जनाको मृत्यु भएको छ ।कालीमाटी, काठमाडौंकी ४० वर्षीया महिलाको ग्राण्डी अस्पतालमा आइतबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या र सेप्टिक शव भएर २१ भदौमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २३ गते पुष्टि भएको थियो ।



गोंगबु, काठमाडौंकी ६० वर्षीया महिलाको शनिबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र थाइराइडकी बिरानी उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार अस्पताल लगिएको थियो ।नर्भिक अस्पतालमा शनिबार मृत्यु भएकी भीमसेनस्थान, काठमाडौंकी ६३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मधुमेह र उच्च रक्तचापकी विरामी उनी श्वासप्रश्जासमा समस्या भएर २ गते अस्पताल पुगेकी थिइन् ।कपन, काठमाडौंका ८२ वर्षीय पुरुषको शनिबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मधुमेह र श्वासप्रश्वासका विरामी उनी २८ गते अस्पताल भर्ना भएका थिए ।


वीरगञ्ज महानगरपालिका-४, पर्साका ७८ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज मातहतको होटल आइसोलेसनमा शनिबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र कलेजसम्बन्धी रोगका पुराना रोगी थिए ।वीरगञ्ज महानगरपालिका-६, पर्साका ८८ वर्षीय पुरुषको आइतबार नारायणी अस्पतालमा मृत्यु भएको छ । मिर्गौला, मुटुसम्बन्धी दिर्घ रोगबाट पीडित यनलाई कोरोना संक्रमण भएको शनिबार बेलुका मात्र पुष्टि भएको थियो ।कालिका नगरपालिका-५, चितवनकी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ २६ गते अस्पताल भर्ना भएनकी उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् ।चितवनका ८० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र निमोनियाका बिरामी उनी भदौ १८ मा अस्पताल भर्ना भएका थिए र १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।पाटन, ललितपुरकी ७५ वर्षीया  महिलाको नोबल अस्पतालमा आइतबार मृत्यु भएको छ ।


मधुमेहकी बिरामी उनी मुटुसम्बन्धी समस्या आएर शनिबार अस्पताल भर्ना भएकी थिइन् । उनको पीसीआर गर्दा पोजेटिभ आएको थियो ।भक्तपुरकी ७२ वर्षीया महिलाको शनिबार पाटन अस्पतालमा शनिबार मृत्यु भएको छ । मधुमेह र पिसाबको संक्रमणकी बिरामी उनी कोरोना संक्रमण पुष्टि भएपछि १९ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।हेटौंडा उपमहानगरपालिका-१०, मकवानपुरकी १७ वर्षीया युवतीको चितवन मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि भदौ २२ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २४ गते पुष्टि भएको थियो ।बुटवल उपमहानगरपालिका-११, रुपन्देहीका ६७ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा शनिबार मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका- २१, बाँकेका ५९ वर्षीय पुरुषको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । भदौ २० गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भोलिपल्ट पुष्छि भयो । उनलाई प्लाज्मा समचे दिइएको थियो ।कलैया उपमहानगरपालिका-१३, बाराका ६५ ववर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ ।


प्यारालाइसिसका बिरामी उनको मिर्गौलामा पनि समस्या देखिएपछि असोज १ गते अस्पताल भर्ना गरिएको थियो । त्यही दिन पीसीआर टेष्ट गर्दा पोजेटिभ आयो ।गौर नगरपालिका, रौतहटका ६१ वर्षीय पुरुषको नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह रोगबाट पीडित उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।बिष्णुपुर गाउँपालिका-३, सप्तरीकी ६२ बर्षीया महिलाको आइतबार राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमै मृत्यु भएको छ । शुक्रबार श्वासप्रश्वासको समस्या लिएर गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना चएनकी उनलाई कोरोना संक्रमण भएको आइतबार मात्र पुष्टि भएको थियो ।पाल्पाकी ४० वर्षीया महिला र धनुषाका ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्