लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपथ्य भाग २ : रवी बश्याल

IMG

आयुस ,सिर्जना अनि उनको छोरालाई लिएर आफ्नो गाउँ फर्किन्छ्न || गाउँ सहरबाट अलि टाढा थियो , सहरिएको मन गाउको स्पर्समा  छुट्टै हराउने गर्थ्यो , आयुस वातावरणको प्रभाबमा हराइरहेको छ ||

हरिया रुख , चराचुरुङ्गी , बन्यजन्तु ,अनि उनिहरुको आवाज ,पहाड छेडेर गराइएको मोटर बाटो , गाउमा हुर्किएको मानिस , त्यहाको वातावरण प्रभावले आयुसले नजिकै बसेकी सिर्जनालाई अङालो मार्छ ||

आमा उताबाट मोटर आइरहेको देख्नुहुन्छ , आयुसको आमा हत्तपत्त दौडिनुहुन्छ , बाबू आउनुको छुट्टै खुसी थियो उहालाइ , मोटर बाटोको छेउमा आमा आइपुगेपछी ,गाडी आमाको नजिकै आएर रोक्छ , गाडिबाट आयुसलाई देखेर , आमा हामफाल्दै अङालो मार्नुहुन्छ , गाडीबाट बुहारी अनि नाति देखेपछी उहाका आखामा छुट्टै हासोका हर्षहरु हुन्छन || सिर्जनाले आमालाइ दोगदिन्छिन , 

आमा - हेर त दाम्नाले थाहा नै नदिइ , बुहारी लाएछ ,अनि  नाति समेत जन्माएछ ||

आउ हिड भनेर बिस्तारै उकालो चडेर घर लाग्छ्न सबैजना ||उकालो चडिसकेपछी , टुप्पोमा एउटा छुट्टै ठुलो महल जस्तै घर हुन्छ ,घर नजिक पुग्दा  बुढेसकालले छौइसकेका  आमाबुवाहरु मात्रै हुनुहुन्थ्यो , सबैजनामा हर्शको आँसु , सबैले आयुसलाइ स्वागत गरिरहेका थिए , मेरो नाति भन्दै अङालो मार्दै थिए , सिर्जना केही नबुजी आयुसको हात समाती रहेकी थिइन ||

आयुस :  "अचम्म नमान सिर्जना , आयुस म अनाथ ,उहाहरु मेरो आमाबुवा , म जन्मेको एकदुइ दिनमै आमा बित्नुभयो ||मेरो बुवा डाक्टर हुनुहुनुथ्यो ||

सहरबाट आफ्नो पढाइ सकेपछी ,आमालाइ लिएर , बुबा गाउमा रोजगार अनि आफ्नै गाउठाउलाई माया गर्ने भनेर आउनु भएको रहेछ | तेती खेर म आफ्नो आमाको पेट्मा थिए ,दिन बित्दै गयो ,आमाले मलाइ जन्म दिनुभयो , जन्म दिएको अर्को दिन आमा बित्नुभयो , बुवाले मलाइ कसरी बचाउनुभयो होला मलाइ नै थाछैन , बुवाले मलाइ आफ्नो कम्मरमा बानेर , अरुलाइ उपचार गर्ने गर्नुहुन्थ्यो   || आफ्नो जीवन साथि गुमाउनुको पीडा खै कसले बुज्छ , उहाँ धेरै नै पिडामा हुनुहुन्थ्यो ||

जीवन कालभरी संगै हिड्ने बाचा ,

संगै सुखदुख साटने बाचा ,

माया साटने बाचा , सबै बाचा छाडेर आमा मलाइ अनि मेरो बुवालाइ छाडेर जानुभयो || माया त हो , कसैको मायाको अभाबमा मानिस  मनोबल , मनका सोच ,मानिसका खुसीका स्पर्श सबै फलाममा खिया लाए झै उसलाइ गलाएर जान्छ , मेरो बुवापनि आफ्नो जीवन आमाको मायाको यादमा खियाइराख्नु भएकी थियो ||

समयले बुवालाइ  उहालाइ गलाउदै लिएर हिडेको थियो || समयले बुबालाइ गाल्नबाट जोगाउन , जिवनमा खुसीका आसुहरु लिइ अगि बढ्न ,छोरालाइ साथ दिन , कसैलाइ गुमाएको पीडा बिर्सन  ,परिवारको अस्तित्व राख्न , अरुलाइ सयोग गर्ने भाब  , माया गर्ने भाब  ,  परिवारको माया पाउन बुवाले आफ्नो घरलाई अनाथ आश्रम गराइदिनु भयो , मानिसको मन धेरै नै लोभी ,

पैसा आफ्नो कामको लोभमा , आफुले जन्म दिएका आमाबुवालाई त्यागछ्न यहाँ , पैसाको लोभ लाचनमा आफ्ना आमाबुवा त्यागेका,परिवारमा गरिएको हेपाहबाट बाच्नु भएका , दुखकष्टमा पर्नु भएका आमाबुवालाइ अनाथ आश्रममा बाँस दिन सुरु गर्नुहुन्छ बुवा || एकजनाबाट दुइजना गर्दै त्यहा २०-२५ जनाको समूह नै भैसकेको थियो , नया परिवार , नया खुसी पाए झै हुन थाल्यो मलाइ अनि बुवालाइ ||| आमाले पकाउनु भएको खाना , कसलाइ मीठो हुन्थेन र?? अनि उहाको लगनले पकाएको खान पाउनु भाग्यमा नै लिएर आउनुपर्छ , हामी उहाहरुल्र पकाउनु भएको खाना खाएर , म आमाहरुसङ खेल्न जान्थे भने बुवा स्वास्थ चौकी जानुहुन्थ्यो ||

 सबैजना खुसी हुनुहुन्छ यहाँ , आमा बुवा , आमा बितेपछी आमाहरुले नै स्तनपान गराउनु भएको ,हामिलाइ लिन आउनु भएको आमा , उहाले आमा बितेकी दोस्रो दिनबाट हेरचाह गर्नुभाको थियो ||

 मलाइ हिडन सिकाउने आमा ,

 मलाइ बोल्न सिकाउने आमा,

 रुन सिकाउने आमा ,

 बोल्न सिकाउने आमा ,

 मलाइ सन्सारको चिनाइदिने आमा ,

 आमा , देबिको अर्को रुप , मेरो भग्वान ,शाश्वत नमस्कार आमा सबैलाइ ||(भनेर सबै आमाहरुलाइ दोग्छ )

आमा बितिसकेको दुइतिन सालपछी  गाउँमा पहेलो रोग देखिन थाल्यो || पहेलो रोग नया थिएन , तर उपचार गर्ने शैली पुरानो थियो , अन्धबिस्वास समाजको अर्को डरलाग्दो बिस्वास  || गर्मिपछि पानी पर्दा यो रोगको बिमार बढेको थियो , गाउमा मानिसहरुले तेस्तो धेरै वास्ता गर्दैनथे || पर गाउमा बस्ने काइला दाइकोमा छोरिलाइ पहेलो  रोग देखियो || झाक्री सबैजना मेडिकल शिक्षाको उपचारको विरुद्धमा नै थिए || हाम्रो गाउसमाज , अन्धोबिस्वासको बिगबिगी , सन्चो नहुदा हामीकहाँ डाक्टरको जान्छौ , पहेलो रोग हो भन्ने थाहापाएपछी  ,छोरिलाइ बोक्सी  फुकाएपछि सन्चो हुन्छ भन्न लाएपछी काइला दाइले झाक्रीको मा लिएर गए  , अनि  हेराउन ,फुकाउन मात्र प्राथमिक दिइयो ,छोरी पहेलो रोगले एकदम गलिसकेकि थिइन ,

अनि अन्तिम अबस्थामा ,कसैले नसकेपछी  बुवा  स्वास्थ चौकीमा लिएर जानुभयो || हामी हाम्रो सोच , सामान्य बिमारमा घर मै रोग पालेर बस्छौ ,कहाअ स्वास्थ चौकी , हस्पिटल जानू , अन्तिम अबस्थामा लिएर गैसकेपछी डाक्टरले बचाउन धेरै मुस्किल हुने गर्छ ||

बुवाले धेरै नै  प्रयास गर्नुभयो तर बचाउन सक्नुभएन , छोरीको देहान्त भयो , काइला दाइले यो खबर सुन्ने बितिकै रिसले आगो भए  , गाउका सारा मानिस बटुलेर , मेरो बुबालाइ घेर्न स्वास्थ चौकी पुगे , चारैतिरबाट घेरेर डाक्टरलाई तैले मेरो बच्चालाई मारेको होस भन्दै पिटे ||

बुबालाई कालोमोसो डलेर , सारा गाउभर गुमाइयो , झार्कीकोमा  राखेको भए हामिले सन्चो गराउन्थौ भन्दै झाक्रीहरु रिसले पिट्दै  थिए || उहालाइ गाउभर ढुलाइसकेपछी खोला नजिकै उनलाइ कुटिकुटी खोलामा फालिदिए || बुवा बिवस अबस्थामा हुनुहुन्थ्यो , खोलाले उहालाइ बगाएर लिएर गयो, उहालाइ खोज्न म गाउभर हिडे बुवा भन्दै रातभर रुदै बस्थे ||।

दुइदिन हामिले चारैतिर खोजौ कतै पाएनौ , अन्तयमा , गण्डकीको छेउमा बुवाको लास भेटियो  , म भख्खर ४ बर्ष पुगेको थिए , अनि त्यही खोलाको छेउमा बुबालाइ जलाइयो ,म उहाको क्रियाकाज आश्रममा सकाए , आश्रममा  आमाबुबा सबैजना रोएर बस्नुभएको थियो , अन्यायको विरुद्ध बोल्ने भन्दै हामी सबैजना पुलिस चौकी नि गयौ , दोषी हामी नै थियौ || डाक्टर कै गल्ती भन्ने आरोप लाएपछी  के पो गर्न सकिन्छ र, काइला दाइलाइ एक्छिन सोधपुछलाई जेल लिएर गैयो , तर  नेपाल अनि हामिले न्यायको लागि उठाउने आबाज कस्ले सुन्छ , यो ठाँउ पैसा हुनेहरुको लागि मात्र हो, ४-५ दिनमै उसलाई छाडियो ||

हामी घर आश्रम  फर्कियौ , आफ्नै नभएपनी आफ्नै थानेर पाल्नुभएको मेरो बुवाको गुन सम्झेर मलाइ यहाँ रहनुभएका सम्पुर्ण आमाबुबाले मलाइ राम्रो डाक्टर बनाउने भनेर  दिनरात १-२ रुपैया जोद्डै ,  मलाइ राम्रो शिक्षा दिदै डाक्टर बन्नको लागि सहर  पठाउनुभयो ,म आफ्नो अध्यन सकेपछी मात्र गाउँ फर्केको छु सिर्जना  || आज हेर उहाहरु सबैको सपना ,म आफै बिपनामा सजाएर घर फर्केको छु सिर्जना || "

सबैजना आमाबुवालाइ दोगिसकेपछी भित्र आमाले पकाउनु भएको खाना खाएर आफ्नो कामतिर फर्किन्छ्न ||

आयुसले अब गाउमा नया हस्पिटल खोल्ने सोचमा थियो , अहिले प्रस्सत पैसा भएपछी ,आयुसले हस्पिटल खोल्ने काम अगि बढायो , २-३ सालमा हस्पिटल निर्माण भयो ,

अब गाउँ स्वास्थ क्षेत्रमा अगाडी थियो ||

राम्रो काममा दुबै बुढाबुढी लाएपछी पुराना अन्धबिस्वास जस्ता  कुराहरु सबै हराइसकेका थिए , उनिहरु खुसीमा मस्त थिए , आनन्दीत थिए ||

मानिसको सोचमा धेरै परिवर्तन आइसकेको थियो , शिक्षा क्षेत्र नि अगि बढिसकेकी थियो ||

सिर्जना आफुले गाउघरमा समाजिक शिक्षाहरु दिइराख्ने गर्थिन  |

गाउको कुनाकुनामा बिकासका कार्य हुन थालेका थिए ,  समाजिक क्षेत्रमा आयुसको पहुच छुट्टै भैसकेको थियो ||

मानिसले उसलाई भगवानको रुपमा मान्न थालिसकेका थिए ||

करिब दुइबर्षपछि , गाउमा एउटा कार्यक्रममा आयुस मारिएको भन्ने खबर घर आश्रम  आउँपुग्छ ||   

            क्रमश         (अरु कथा भाग ३ मा )

कमेन्ट गर्नुहोस्