
२०७७ भाद्र १७ बुटवल । पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार २ सय २० जनामा कोरोना संक्रमण भएको बताएका हुन्।
संंक्रमितहरु मध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेको छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको छ । बितेको २४ घण्टामा थप १ हजार ११२ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ । देशभर गरी हाल ६ हजार ७६६ जना क्वारेन्टिनमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्