लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अख्तियारद्वारा पूर्वाधार विकास कार्यालयका प्रमुख मन्त्रालय परिसरबाटै पक्राउ

IMG

२०७७ भाद्र १४ बुटवल । अख्तियारले स्रोत नखुलेको रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुखलाई पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यलयको टोलीले कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर मनिषकुमार अर्याललाई ५ लाख ३० हजार रकमसहित पक्राउ गरिएको अख्तियारका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

अर्याललाई प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालय, बुटवलको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । अख्तियारको टोलीले आइतबार गरेको स्ट्रिङ अपरेशनमा उनले प्रयोग गर्दै आएको कार्यालयको सवारीसहित पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्