
१३ भाद्र २०७७, शनिबार
नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित उपचाररत रहेका छन् ।संक्रमित मध्ये ६ हजार ४ सय ४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १ सय ४५ संस्थागत आइसोलेनसमा रहेको मन्त्रालयले जनाएको छ ।आज ३ सय १३ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर डिस्चार्ज छन् । नेपालमा हालसम्म ५५ प्रतिशत संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण भएको थियो । हाल देशका भिभिन्न क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।
कमेन्ट गर्नुहोस्