फुइ्....... लामो सुस्केरा हाल्दै अस्पतालको गेटबाट आयुस बाहिर निस्कियो। नीलो रङको कमिच र कटनको पाइन्ट लगाएको थियो,अनुहार गोलो सूर्यमुखि जस्तो ,गँहुगोरो वर्णको,मोटोघाटो हेर्दा मानौँ ठयाक्कै भलाद्मिजस्तो देखिने। अनुहारमा थकानको माला अोढेर आफ्नो डेरातर्फ जान लाग्दै थियो।जाडो मौसम , चिसो हावा , बाटोभरी सितको लहर , ठिराउँदो जाडो , आफ्नो नाइट डिउटि सकेर सात बजे घर फर्किदैँ थियो। घर पुग्न १५ मिनेटको बाटो लाग्ने। समय बचाउन कहिलेकाहीँ खोल्से बाटो हिँडथ्यो, खोल्सेबाटो बाट करीब सात मिनेटमै पुगिने। थकाइको भान गर्दै खोल्से बाटो रोज्यो आयुसले। झिसमिसे साझँ परिसकेकाले आफ्नो मोबाइलको टर्स लाइट बाल्दै अघि हिडँयो। 'कस्तो मुटु कमाउने जाडो हो , भोलिबाट पोहोर जाडोमा किनेको सुइटर र जाकेट लगाएर आउनुपर्ला'मनमनै आफुसित कुरा गर्दै हिडिँराख्यो। मन्द बतासलाइ चिर्दै अगाडि हिडँदै के थियो घुम्ति निरबाट छस्र्याक्क आवाज आयो। आयुस टक्क सङ्ग अडियो यताउति मुन्टो बटार्यो। अलि पर हेर्दा मान्छेको आकृति जस्तो उत्तानो अवस्थामा हलचल गरिरहेको देख्यो र मनमनै सोच्यो कोहि जड्याँ होला। अोठँ गोलो पारी सुस्केरी लगाउँदै अघि के हिडेँको थियो त्यहि ठाउँबाट हुक्क-हुक्क आवाज आयो त्यो पनि आइमाई मान्छेको। आयुसको मुटु दमाहजस्तै बज्नथाल्यो। मुटुका ढुकढुकि यति छिटो चल्न थाल्ये कि मानौ शरिरनै छाडेर जान खोजेका हुन्।कसैलाइ बिच बाटोको छेउमा तड्पिरहेको देखेपछी आयुस ती महिला का छेवैमा पुग्यो , हत्तपत्त त्यहा पुगेर हेर्दा महिलाको शरिरबाट बगिरहेको खुन , आँखाभरि आँसुका धारा , च्यात्तिएको कपाडा , चुटेको चप्पल , शरीर भरी दागैदाग , अर्धचेत अवस्थामा रहेको महिला देख्यो। त्यहाँको माहोल भयावह थियो, उसका हात र गोडा लगलगी काम्न थाले, के गर्ने र कसो गर्ने उसले मेषो पाएन। हत्तपत्त उसले अस्पतालमा फोन लगायो र ती महिलालाई हस्पिटल लिएर गयो। हस्पिटलमा आफै डाक्टर भएको कारण आफैले बेहोसि अबस्थामा रहेकी महिलालाई सलाइन पानी चढायो , एकछिनमा दबाइ दिइकेपछी महिलाइ होस आयो, होस आउने बितिकै डाँको छोडि रुन थालिन् ती महिला। परिस्थितिको गम्भिरतालाइ मध्यनजर गर्दै आयुसले पुलिस थानमा पनि खबर पुर्याइसकेको थियो। पुलिसहरु घटनास्थलको निरीक्षण पश्चात् अस्पताल आइपुग्छन। पुलिसहरुले सोधपुछका लागि महिलालाई एकलै छाडिदिन्छन। मानिस बचाउने ठाउँ हस्पिटल , जहाँ हजारौ मानिस बचाउन ल्याइन्छ , आज त्यहा एउटि बलात्कृत महिलालाई बचाउन लाइएको छ || आयुस महिलाको नजिकै बस्यो,आयुसले महिलालाइ बाटोमा भेटाएर यहाँ ल्याएको भन्ने कुरा पुलिसहरुलाइ सुनाउँछ | त्यहि हुलमध्यको एउटी महिला पुलिसले प्रस्न गर्छिन्- तपाईं को हो ?? तपाइँ घर कहाँ हो? त्यस रातको घटना बारे पीडक महिला र महिला पुलिस बिच कुरा भइरहन्छ।
महिला : (रुदैँ) मेरो नाम सिर्जना हो |म पहाडी जिल्ला स्याङ्जाबाट आएकी हुँ || कामको सिलसिलामा म सहर आएकी थिए | काम खोज्दा खोज्दा अध्यारो भैसकेको थियो अनि म आफ्नो फुपूको बस्न जाने भनेर बाटोमा हिडँदै थिएँ। चारपाचजनाको समूह बेफ्वाँकसङ्ग चुरोट खादैँ थिए ,अनि मलाइ एक्लै देखिसकेपछी मेरो पछिपछि लागे। त्यसरी उनीहरु आएको देखेपछी म बतासिदैँ बाटोमा दौडिन थाले | बाटो नजिकै रुख थियो , रुखको वरिलरी अरु ससना बिरुवाहरु थिए ,वरिपरि मानिसको बसोबास नभएको, गुवाहर त मागेँ तर सुनिदिनेँ कोही थिएन। मेरो केहि जोर चलेन। म भागिरहेको मृग जस्तै ब्वासाँहरुको पन्जामा परेँ। सुरुमा उनिहरुले मलाइ कुटेर भैमा पछारे , म आतिए ,कराए ,फेरी गुहार मागे तर कसैले सुनेन , कोहि आएन, पीडा खप्न नसकेर ए आमाहो भन्दै चिच्याए अहँ कोसैले मेरो चित्कार सुनेन। त्यो रात आकासको चन्द्रमा,वरिपरीका रुख, बतासले एउटि अबला नारीको चिरहरण नियाले। पीडा सहन नसकेपछी , म बेहोस भएँ , त्यसपछी मलाइ यहाँ आइसकेपछिको मात्र दृश्य याद छ अरु मलाइ केही याद छैन ।घटनाको बेलिविस्तार सुनेपछि ती महिला पुलिसका गहभरी आँसु लिइ भक्कानिन पुग्छिन र पीडक महिलालाइ अङ्गालो हाल्दै भन्छिन-'बहिनी नरोउ,आफ्नो आत्मविश्वास उच्च राख्नू,तिम्रो न्यायको लागि म अविरल खटिने छु,यो तिम्रो दिदीको वचन भयो भन्दै त्यहाबाट बिदा भइन्। आयुस डाक्टरले सिर्जनाको राम्रो ख्याल राख्यो,उपचार गरिदियो।
मलिनो आवाजमा सिर्जनाले डाक्टरलाइ सोध्छिन-'म अब आफ्नो समाजमा आफ्नो मुख कसरी देखाऊँ , आफू कसरी अगि बढूँ, केही थाहा छैन , डाक्टरसाप म मर्न चहान्छु बिन्ती छ ?? मलाइ बिष दिनुहोस , मलाइ हेरचाह कसैले नगरिदिनु।'
सिर्जनाको बिरामी परेको २-३ दिन भैसक्यो ,
बिस्तारै लाएको चोट , लाएको दाग बिर्सिदै २-३ दिन हस्पिटल मै बिताउछिन। दुइतीन दिन , हस्पिटल मै बसेपछी उनको स्वास्थमा सुधार आउँछ | आयुसलाइ ती महिलाप्रति दया जागेर आयो अनि मनमनै कुरा खेलायो-
बस्नलाई घर , अनि बाच्नलाई समाज , अब कुन समाजले उसलाइ अप्नाउला??
कुन समाजले उसलाइ साथ देला ??
कुन परिवारले उसलाइ अप्नाउला ??
कुन मानिसले उसलाइ बिबाह गर्ला?? यी कुराहरु आयुषका मनमष्तिकमा हावाहुन्डरि झैँ चल्न थाल्छन।
(सिर्जनाको फुपूहरुलाइ खबर पनि पुगिसक्यो ,तर लाजको पसारो जाइलाग्नेहो कि भनेर कोही आएनन्।)निको भैसकेपछी , उनलाइ घर लग्न भनिन्छ। सुतिरहेकी सिर्जना को मुखमा हेर्दै आफ्नै पुरुषसित सवालजवाफ गर्छ-कहाँ जालि बिचरी, आफन्त पनि कोहि लिन आएका होइनन्। आयुस मलिनो भयो, उसलाइ रुद्रघण्टि पनि दुखेजस्तो लाग्यो,थुक पनि निल्न सकेन। दुइचार दिन आफ्नै घरमा बाँस दिएपनि धर्मै हुन्छ भन्दै सोध्यो-
सिर्जना , हिडँ मेरो घर जाऔँ , तिमीलाइ लिन खै तिम्रो आफन्त कोहि आउनुभएन , तिमी बिरामी नि छौ , हिडँ म लिएर जान्छु। त्यत्तिकैमा आखाका डिल बाट आँसु चुहाउदै सिर्जनाले मुख खोलि- डाक्टर साप मेरो ज्यान बचाइदिनु भयो, म हजुरलाई कसरी धन्यवाद दिउ खै म आफैलाइ नै थाहा छैन,बरु काल ले नै लग्या भए हाइसन्चो हुनेथियो।
मलाई अब हेर्ने दृश्य नै फरक छ डाक्टर , छाडिदिनु म आफ्नो जिविका म आफै चलाउँछु तपाईं जानुहोस , म सक्षम छु , म जहाँ गएर भएनी आफ्नो जिवीका चलाउछु।
सिर्जनाका आँसु पुछिदिँदै आयुसले न दरिलो पार्दै भननिहाल्यो - सिर्जना , तिमी त महिला हौ , महिला अर्थात देविको अर्को रुप ,तिमी त अरुलाइ सन्सार देखाउने भग्वान हौ ,आमा हौ , तिमी तिम्रो जिविका चलाउन अबका केहिदिन एकदम कष्टकर रहने छ , हिडँ तिमीलाइ निको नहुने दिनसम्म तिमी मेरो मै बस।सिर्जना हिडन पनि नसक्ने थिइन , उनिलाइ बोकेर आफ्नो घर लिएर जान्छ आयुस , घर लिएर गैसके पछि , उनिलाइ बस्न सफा कोठा , कपडाको ब्यवस्ता गर्दिन्छ आयुसले।
पुलिसले बलात्कार गर्नेहरुलाइ खोजिरहेको छ।
नेपालमा कसले के नै गर्न सकेको छ र ??
यौनउत्पिडन , सधैभर पतिको अधिनमा रहेर पिटाइ खाने , हेपाह प्रबिधी सधै भर सहेर बसिराख्ने ती महिला ,कसले के गर्न सक्छ र , बलात्कारी भेटिदैनन् । बिहानसाझ आयुस सिर्जनालाई खाना पकाएर आफ्नै हातले खुवाउँछ , सिर्जना पनि बिस्तारै बितेका कुरा बिर्सिदै अघि बढिरहेकी थिइन |
बिस्तारै वलतिर पलतिर ,आयुसलाई हेप्न ,थुक्न , कुरा काटन थालियो , आयुस भने कसैको कुरा नसुनि आफ्नो कामकाजमा लागीराख्यो।
एकदिन आयुस तरकारी किन्न बजार गएर फर्किदै थियो , आउना साथ , सिर्जना झुन्डिन थालेको देख्छ , हत्तपत्त दौडिदै गएर रसि काटेर सिर्जना लाई झुन्डिनबाट जोगाउछ ,
आयुस : सिर्जना तिमीले के गरेको भन त?
सिर्जना : आयुस , म बाच्न चहान्न आयुस , मलाइ आफुले आफुलाइ नै देखेर दया लाएको छ , यो समाजमा कसरी मुख देखाएर बाचुँ म , आफ्नो आफन्त फुपू फुपाजु एकचोटि के छ अबस्था भनेर आउनुभएन, मेरो कस्को लागि बाचौ ,मलाइ मर्न दिनुहोस् , म मर्छु बरु।आयुसले हत्तपत्त आफ्नो शरिरबाट थोरै रगत निकालेर , सिर्जनालाई सिन्दुर लगाइदिन्छ ||
आयुस : सिर्जना थाहछैन ,तिमी तिम्रो घर कहाँ हो , तिमी को हौ भन्ने , तिम्रो अबस्था धेरै नै कठिन छ , तिम्रो कठिनाइमा सधै भरी तिमिलाइ तिम्रो पाइलामा , तिम्रो हरेक कदममा साथ दिने छु , कहिल्यै तिमीलाइ तिम्रो आखाबाट आँसु झर्न दुने छैन , मेरो जीवनको हासोको लागि भएनि तिमी अब मेरो लागि बाच्नुपर्छ ||
खुसीका हर्सका साथ सिर्जना आयुसलाई अङालो मार्छी ||बिस्तारै घरमा दुबैजना सङ्गै बस्न थाले। सिर्जना आयुसकी अर्धाङगिनी भइसकी। बिहानै आफ्नो डिउटि सकेर घर फर्कदा सिर्जनाको हातको मीठो खाना खान छुट्टै आनन्द आउथ्यो आयुसलाइ । ८-९ महिना पछि सिर्जनाले छोरालाई जन्म दिन्छीन || अब अर्को मायाको चिनो , छुट्टै हर्ष थियो परिवारमा , अब अजै मिहिनेतले काम गर्ने गर्थ्यो आयुस |अब बिस्तारै सिर्जनालाई उनलाइ राम्रो जागिर खुवाउन , पढाइमा साथ दिन थाल्छ आयुस , आफू भने छोरालाइ दिउसभर हेरेर बस्ने गर्थ्यो ||परिवार सुखसम्पन्न चलिरहेको थियो ||
आफ्नो पढाइ सकेपछी सिर्जनाको गाउँ जाने कुरा हुन्छ ।
अरु कथा भाग २ मा.........
कमेन्ट गर्नुहोस्