लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पेट्रोल चुहिएपछि आयल निगमको ट्यांकर पड्कियो

IMG

नेपाल आयल निगम विराटनगरमा पेट्रोल खन्याएर मर्मतका लागि लगिएको ट्यांकर पड्किएको छ।साँझ साढे ६ बजे ना२ख ७१६६ नम्बरको ट्यांकर मर्मत गर्ने क्रममा पड्किएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पड्किँदा ट्यांकरको पछाडिको भाग ध्वस्त भएको छ, तर मानवीय क्षति भने भएको छैन।साँझ आयल निगममा पेट्रोल खन्याउने क्रममा चुहिएपछि मर्मतका लागि विराटनगर-४ का शंकर कटुवालको ग्यारेजमा लगिएको थियो।


‘मर्मत गर्ने क्रममा भित्र ग्यास भरिएर ट्यांकरको पछाडिको भाग विस्फोट भएको जानकारी आएको छ,’ मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले भने, ‘घटनामा कुनै मानवीय क्षति भएको छैन।’पड्किएको ट्यांकर नियन्त्रणमा लिएर अनुसन्धान थालिएको खड्काले बताए। सो ट्यांकर भारतबाट तेल भरेर आएको थियो।

कमेन्ट गर्नुहोस्