
काठमाडौं, २६ जेठ – नेपालमा आज थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हालसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
साथै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४८८ पुगेको छ ।
मन्त्रालय अनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
कमेन्ट गर्नुहोस्