
पछिल्लो २४ घन्टामा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यीमध्ये २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सोमबार यो जानकारी दिएका हुन् ।
उनका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै दैलेखमा ४१ जना र कपिलवस्तुमा ४० जना संक्रमित भेटिएका छन् । त्यस्तै, सर्लाहीमा ३८, कैलालीमा १४, झापामा २, नवलपरासीमा ३, जुम्लामा १९, सल्यानमा १०, सुर्खेतमा ५, रौतहटमा १८, बाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, मकवानपुरमा १, सिरहामा ५, उदयपुरमा १, अछाममा १, कैलालीमा १४, बैतडीमा १, डोटीमा १, कञ्चनपुरमा १ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
यो सँगै नेपालमा अब कोरोना संक्रमितको संख्या १७९८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्