
न्युयोर्कटाइम्सका: अनुसार चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिसनले यो वर्षको अन्तिमसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा आउने सम्भावना रहेको जनाएको छ । अहिले भ्याक्सिन परीक्षणकै क्रममा छ । परीक्षणमा अहिलेसम्म राम्रो सफलता प्राप्त भएको छ ।
कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन यो वर्षको अन्त्यसम्म बितरणका लागि बजारमा आइसक्ने जनाएको थियो । वुहान इन्स्टिच्युट अफ बायलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले दुई हजार जनामा यो भ्याक्सिन परीक्षण गरिसकेका छन् ।
चीनले अहिलेसम्मको सफलतालाई आधार मानेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुमै बजारमा वितरण भइसक्ने अनुमान गरेको छ । अहिले मानिसमा प्रयोगको परीक्षण दोस्रो चरणमा पुगेको छ । संसारका अन्यदेशमा भन्दा चीनमा भ्याक्सिन बन्नेमा सफलता प्राप्त भएको छ ।
चीनले यो परीक्षण भाइरसको सम्भावित दोश्रो महामारीको खतरालाई ध्यानमा राख्दै गरेको हो। वुहानका केही वासिन्दामा पुनः संक्रमण देखिएपछि ऊ यो महत्वाकांक्षी परीक्षणमा गएको थियो ।
कमेन्ट गर्नुहोस्