
काठमाडौं: नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ।
नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।
कमेन्ट गर्नुहोस्