लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

tillotmacitynews - 2020 May 13 09:27 PM
IMG

कपिलबस्तुमा कोरोनाभाइरस संक्रमितको संख्या ३० पुगेको छ।  बुधबार एक संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षण्मा कपिलबस्तुको कविलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।  


उनको हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सम्पर्कमै रहेका छन् । 


यसैगरी काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । 


कमेन्ट गर्नुहोस्