
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । जसमध्ये न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्स्टमा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको संक्रमणका कारण ज्यान गएको गैरआवासीय नेपाली संघले संकलन गरेको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणका कारणले निधन हुनेमा गत हप्ताको तुलनामा ५ जना थपिएका छन् त्यस मध्ये युके २, स्वीडेन १, बहराइन १ र यूएई १ छन् । स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, यूएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ५१, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु संक्रमण मुक्त भएको अनुमान सो संघले गरेको छ । संघको अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साता भन्दा कम हुदैं गएको छ ।
कमेन्ट गर्नुहोस्