लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबार थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

tillotmacitynews - 2020 May 09 04:24 PM
IMG

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार थप सात जना नयाँ संक्रमित भेटिएका हुन् ।


संक्रमित सात जनमध्ये ३ जना उदयपुर भुल्के, ३ जना कपिलवस्तु र बाँकी एक जना संक्रमित पर्सा छपकैयाका हुन्।


संक्रमित हुनेमा १८, ४५ र ६५ वर्षका ३ महिला तथा १७ वर्षका एक पुरुष र १८ वर्षका दुई पुरुष रहेका छन् । यसैगरी पर्साका संक्रमित पुरुष ६२ वर्षका हुन् ।


मन्त्रालयको विवरण अनुसार उनीहरू सबैको अवस्था सामान्य रहेको छ । उनीहरू सबै चिकित्सकको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल-विराटनगरमा भएको परीक्षणले उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । 

कमेन्ट गर्नुहोस्