
काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ ।
१७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
१७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् । तीामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।
कमेन्ट गर्नुहोस्