लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना भाइरसविरुद्धको औषधी परीक्षणमै असफल

tillotmacitynews - 2020 Apr 24 08:09 PM
IMG

एजेन्सी । कोरोना भाइरसविरुद्धको उपचारको एउटा आशा टुटेको छ । कोरोनाविरुद्धको उपचारमा आशा गरिएको एन्टी भाइरल औषधीको परीक्षण असफल भएको हो ।


विश्वभर कोरोनाको उपचारका लागि आशा गरिएको रेन्डम क्लिनिकल ट्रायलमा उक्त औषधी असफल भएको जनाइएको छ ।


‘रेमडेसिभयर’ नामको एन्टी भाइरस औषधीको परीक्षण चीनमा गरिएको थियो । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को दस्तावेजमा चीनमा गरिएको उक्त औषधीको परीक्षण असफल भएको पाइएको बीबीसीले उल्लेख गरेको छ ।


२ सय ३७ बिरामीमध्ये केहीलाई उक्त औषधी र केहीलाई प्लेसीबो दिइएको थियो । एक महिनापछि उक्त औषधी दिएका १३ दशमलब ९ प्रतिशत बिरामीको मृत्यु भएको थियो । भने, प्लेसीबो दिएका १२ दशमलब ८ प्रतिशतको मृत्यु भएको थियो ।


उक्त औषधीको साइड इफेक्टका कारण पहिले नै बिरामीलाई औषधी दिन रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्