
भक्तपुर। कोरोनाको त्रास बीच पनि दिनरात नभनी समाचार सम्प्रेषण गर्ने भक्तपुरका सञ्चारकर्मीलाई सुर्यनगर टोल बिकास समाजले सोमबार सिनिटाइजर, माक्र्स र ग्लोबस प्रदान गरेको छ।
समाजले उपलब्ध गराएको सामग्री भक्तपुर पत्रकार महासङ का अध्यक्ष पुस्करराज बुढाथोकी लाई समाजका सल्लाहकार एब प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य गोबिन्दप्रसाद चौलागाईं र सस्थाका अध्यक्ष बालकृष्ण न्यौपानेले सयुक्त रुपमा हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा भक्तपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा टोल बिकास समाजले अति बिपन्न परिवारलाई खाद्य सामग्री सहितको राहत उपलब्ध गराएको थियो । समाजका अध्यक्ष न्यौपाने र सल्लाहकार सहित सबै टोलबासिले संकलन गरेको आर्थिक सहयोगबाट खाद्यान्न सहयोग गरेको संंस्थाका कोषाध्यक्ष राजकुमार ठकुरीले बताउनुभयो।
चौंलागाईको सक्रियता
यो बीचमा चौंलागाईको सक्रियतामा हिमालयन टिभी, सरोकार टीभी, आर्थिक दैनिक, राजधानी दैनिकसहित सञ्चार गृह र केही बरिस्ठ पत्रकारहरुलाइ प्रेस ज्याकेट, स्वास्थ सामाग्री हस्तान्तरण भएको छ । त्यस्तै देशभरका पत्रपत्रिकालाई लोककल्याणकारी बिज्ञापनको भुक्तानी लकडाउनको बिचमा चाँडै गराइदिन सम्बन्धित निकायलाइ घच्घचाउने काममा अगुवाई समेत गरेका छन् । आइतबार सूचना तथा प्रसारण बिभाग का महानिर्देशक लेखनाथ शर्मा लाई भेटेर यससम्बन्धी काम अघि बढाउन आग्रह गरिएको थियो ।
कमेन्ट गर्नुहोस्