लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेरबहादुरकाे प्रश्न : राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्ला ?

IMG

बुटवल। निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्।देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए ।उनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाल्दै आफूलाई राजाले समेत केही गर्न नसकेको अवस्थामा अरूले केही गर्न नसक्ने दाबी गरे ।


नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गरेका छन्।५ महिनापछि स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो निवास चुनदेवीमा पुगेपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए । आफूविरुद्ध भएका विभिन्न उजुरी र छानबिनको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालत जान आफू नडराउने बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन। किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’


मन्तव्यका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसङ्ग निकाले । ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ उनले लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि उल्ट्याउन नसक्ने दाबी गरे । मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए। गणतन्त्रको रक्षाका लागि जनता नै सचेत रहेको उल्लेख गर्दै देउवाले भने, ‘मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन। यो देशको सबैभन्दा ठुलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यहीँ हुन्छ।’देउवाले यो देशको अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए।


कमेन्ट गर्नुहोस्