लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली नोट छाप्ने मेसिनसहित बुटवलबाट छ जना पक्राउ

IMG

बुटवल, असार ३१ गते । बुटवलको नेपालगन्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली नोट तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित छ जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गङ्गाकुमारी, पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगङ्गा नगरपालिका–१ का सञ्जय थारू, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखा शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बङ्गाल, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन्।


इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवका अनुसार घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६ सय २२ थान गरी छ लाख २२ हजार रुपियाँ बराबरका नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने एक कार्टुन कागज, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिनका साथै छ थान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको हो।


पक्राउ परेका माथि मुद्रासम्बन्धी कसुर मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्