लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पशु क्वारेन्टाईन नगरी ४ ट्रक गाई जिल्ला कटाउदै , तिलोत्तमा गाईजको निगरानी

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका र शुद्धोदन गॅाउपालिकाको सिमाना गोरकट्टा तिनाउपुल पारी ४ ट्रक गाई लमजुंग लैजाने भन्दै गद्धी गरिएको भेटिएको छ । स्थानियका अनुसार कस्ले गाई ल्याएर कसरी लैजॅादै छन भनि बुझ्दा आधिकारिक पत्र बिना पशु क्वारेन्टाईन नगरी गाई लैजान खोजिएको बताईएको छ । 


त्यसबारेमा बुझ्दा ति स्थानियले गाईको बारेमा तिलोत्तमा गाईजका सदस्यहरुलाई बताई गाईज र ईलाका प्रहरी कार्यालय मंगलापुरको टोलीले कागज माग्दा आधिकारिक पत्र नभेटिएपछि गाई अहिले जहॅाको त्यही छ । 


गाई कस्ले ल्यायो कहॅा पठाउने भनेर हाम्रो टिमले बुझ्दा सो गाईको यसअघि लमजुंगको मध्यनेपाल नगरपालिकामा सप्लायर्स को जिम्मा पाएको कम्पनीले यसअघी वितरण गरिसकेको र अहिले सो बारे आफुहरुलाई जानकारी नभएको त्यस नगरपालिकाका मेयर रमेश कुमार पान्डे र प्रमुख प्रशासकिय अधिकृत हरीरीम नागिलाले जवाफ पठाएका छन । 


सप्लायर्स कम्पनी जिएसटी का संचालक अजित ले नगरपालिकाको पशुपालककिसान लाई वितरण गर्न गाईहरु संकलन गरी बिक्री गर्न सो काम गरेको बताएका छन । तिलोत्तमाका एक किसानका अनुसार गाई संकलन गरी लमजुंग पठाउन आफ्नो फर्मबाट केही र अन्य स्थानका फर्मबाट जम्मा गरी पठाउन लागिएको बताएका छन । 


तिलोत्तमा गाईजले भने अनाधिकारिक रुपमा गाई बिक्रीबितरण गर्न र पशुलाई निर्मम तरिकाले खॅादेर लैजाने कुरा कानुनयोग्य नभएको भन्दै कानुन र विधि अनुसार गाई व्यवस्थापन गर्न प्रहरीलाई सुझाएको छ । 

सो गाईहरु पशु क्वारेन्टाईन मार्फत आधिकारिक पत्र आएसी मात्रै जिल्ला बाहिर लैजान प्रहरीले सप्लायर्सलाई अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्