लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतको कुशीनगरबाट ४ सय ५३ जना नेपालीलाई उद्धार

IMG

काठमाण्डौ – प्रहरीले भारतको उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट ४ सय ५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली गएराति कुशीनगर पुगेर ४ सय ५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो ।


आकर्षक जागिर र राम्रो कमाइ हुने प्रलोभन देखाएर उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुर्‍याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएको उहाँले जानकारी दिनुभएको छ । ८ वटा बसमा राखेर उनीहरूलाई बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको हो ।


अहिले उनीहरूको व्यक्तिगत विवरण र पहिचान सङ्कलनको काम भइरहेको छ । उद्धार गरिएकामध्ये आधा महिलाहरु छन् । एक गिरोहले उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर पुर्‍याएको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन शुरू गरेको थियो । ती गिरोहको पहिचान नभएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्