लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इजरायलमा २३ सय नेपाली कामदारको माग

IMG

काठमाडौँ । इजरायलले नेपाली कामदारका लागि दुई हजार तीन सय पदमा दरखास्त आह्वान गरेको छ । नेपाल–इजरायल श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपाली लैजाने प्रक्रिया सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।कुल सङ्ख्यामध्ये एक हजार ३८० महिला र ९२० पुरुष छनोट गरिनेछ । उम्मेदवारको उमेर २५ देखि ४५ वर्षभित्र हुनुपर्नेछ । कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएमरसीएमए अध्ययन गरेको वा केयरगिभिङ तालिम लिएको हुनुपर्ने मापदण्ड छ ।


कामदारले मासिक करिब पाँच हजार ८८१ इजरायली मुद्रा तलब पाउनेछन् । ओभरटाइम, बिदा र खानाको सुविधा पनि उपलब्ध हुनेछ ।इच्छुकले वैदेशिक रोजगार विभागको अनलाइन पोर्टलमार्फत २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि राहदानी, फोटो, शैक्षिक तथा तालिम प्रमाणपत्र र चारित्रिक प्रमाणपत्र आवश्यक पर्ने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्