
रूपन्देही । बुटवलको नेपालगञ्ज रोडस्थित दियो ईन होटलमा एक युवकले छतबाट हाम फालेर मृत्यु भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।पोखराका कृष्णहरी जीसी जेठ १ गते बिहान करिब २ बजे होटलको छतबाट हाम फालेर मृत अवस्थामा फेला परेका थिए । उनी आफ्ना चार जना साथीसहित होटलमा बस्न आएका थिए ।
प्रहरीका अनुसार उनीहरूबीच जग्गा कारोबारको विषयलाई लिएर विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि मृतकका छोराले सँगै रहेका व्यक्तिहरूले मानसिक दबाब दिई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।जाहेरीपछि प्रहरीले तीन जनालाई तत्काल नियन्त्रणमा लिएको थियो भने फरार रहेका अर्का एक जनालाई काठमाडौँबाट पक्राउ गरिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ परेका चारै जनामाथि आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्