लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीमा मोटरसाइकल दुर्घटना बढी, मापसे र लापसे मुख्य कारण

IMG

तिलोत्तमा।लुम्बिनी प्रदेशमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्ममा सवारी दुर्घटना, मृत्यु र घाइते हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ । दुर्घटना संख्या मात्रै करिब ७७ प्रतिशतले वृद्धि भएको छ भने घाइते हुने संख्या पनि अत्यधिक बढेको तथ्यांकले देखाएको हो ।


सवारी दुर्घटनामध्ये सबैभन्दा धेरै दुई पाग्रे सवारीमा ६३ प्रतिशत दुर्घटना भएका छन । वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशभर ४ हजार ४८८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ४९३ जनाको मृत्यु भएको छ भने ७ हजार ५०८ जना घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा २ हजार ५२९ दुर्घटनामा ४२४ जनाको मृत्यु र ४ हजार १५४ जना घाइते भएका थिए ।


शहरी क्षेत्रमा साइलेंसर परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाईकलबारे धेरै गुनासो आएसंगै प्रहरीले कारवाही समेत तिब्र पारेको छ । यसैगरि मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी चलाउने ४ हजार ७७५ चालक तथा लागुऔषध सेवन गरी सवारी चलाउने ३९ चालकलाई समेत कारवाही गरिएको छ ।नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले अघिल्लो आर्थिक वर्षमा १ लाख ३९ हजार १२ वटा कारवाही गरिएकोमा चालु आर्थिक वर्षमा वैशाख मसान्तसम्म ९४ हजार ८४१ वटा कारवाही गरिएको बुधबार पत्रकार भेटघाट कार्यक्रममा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।


साधन श्रोत र जनशक्तिको अभाव खेपिरहेको ट्राफिक प्रहरीले पछिल्लोसमय स्थानिय जनप्रतिनिधि सरोकारवालाहरुसहितको टिमबाट अभियान प्रभावकारी देखिएको छ । दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु र सरोकारवाला सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने जरुरी देखिन्छ ।


भिडियो रिर्पोट

कमेन्ट गर्नुहोस्