
शारदा शाही, शंकरपुर, तिलोतमा। कोटीहवा केन्द्रीय कार्यालय रहेको जनउत्थान सहकारी संस्था लिमिटेड २०५९ साल कार्तिक १५ गते स्थापना भएको थियो। हाल यो सहकारी संस्थाको १० वटा सेवा केन्द्र रहेका छन् भने ८ वटा संकलन केन्द्र रहेका छन्।
रूपन्देही साविक टिकुलीगढ गाविस वडा नम्बर ८ सुपौली मा २०५९ साल असोज २६ गते शनिबार यस क्षेत्रकै पाँचजना चेतनशील युवाहरूको अनौपचारिक छलफलबाट सहकारी सञ्चालन गर्ने भन्ने निर्णय गरिएको थियो। यिनै पाँचजनाको सक्रियता र टिकुलीगढ गाउँ विकास कार्यक्रमको सहयोगमा यस क्षेत्रमै नमुना सहकारी संस्था सञ्चालन गर्ने परिकल्पना बोकेर ३१ जनाबाट एक एक सय रुपैयाँ उठाएर बाग्लुङ सामुदायिक संस्थाको नामबाट यो सहकारीको सुरुवात गरिएको प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले बताउनुभयो।
हाल जनउत्थान सहकारी संस्था लिमिटेडमा गत २०८२ चैत्र मसान्त सम्ममा ४२ हजार ९ सय १९ जना सदस्य रहेका छन्। सहकारीले आफ्नो काम चुस्त दुरुस्त बनाउनको लागि सेयर सदस्यहरू लाई मिसकल सेवा पनि ल्याएको छ। हाल ८९ जना दक्ष कर्मचारीको लगनशिलतामा संचालन भैरहेको यस सहकारीमा ऋण, रेमिट्यान्स, मोबाइल बैंकिङ, सोधपुछ र कुनै पनि सदस्य सेवाको लागि समेत सेवाप्रबहलाई चुस्त दुरुस्त राखिएको हो।
हाल यो संस्थामा धेरै सदस्यहरूले मोबाइल बैंकिङको पनि प्रयोग गरिरहेको अध्यक्ष गिरी पुनले बताउनुभयो। उहाँका अनुसार २०८२ चैत्र मसान्तसम्ममा ९ हजार ३ सय ९९ जनाले मोबाइल बैंकिङ प्रयोग गरेका छन्। सदस्यहरूले मोबाइल बैंकिङ बाट गरिने सबै खाले कामहरू दैनिक रूपमा गरेको पाइएको छ।यो सहकारी संस्थाको मणिग्राम शाखामा मात्रै ५ हजार २ सय ६१ जना सदस्य रहेको शाखा प्रमुख जोक बहादुर थापाले बताउनुभयो। उहाँका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता भने १ हजार १ सय ३५ जना रहेका छन् । मोबाइल बैंकिङ बाट गरिने अन्य काम सँगै विशेषगरी दैनिक बचतमा प्रयोग गरेको पाइएको थापाले बताउनुभयो ।
जनउत्थान सहकारी नेपाल कै उत्कृष्ट सहकारीमध्ये एक हो। यो सहकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न सम्मान पाउन सफल रहेको छ। अन्तर्राष्ट्रिय स्तरको गुणस्तर चिन्ह सिल्भर एक्सेस ब्रान्ड २०८२, नेपाल गुणस्तर प्रवेसन कार्यक्रमको सफल ब्रान्ड २०७९, नेप्सकुनबाट नेपालको सर्वोकृष्ट साकोस २०७८, कोभिड १९ मा कृषि एम्बुलेन्स सञ्चालन उत्कृष्ट सेवा सम्मान संस्था २०७७, राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार २०७५, नेपाल सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट उत्कृष्ट सहकारी पुरस्कार २०७४ जसमा १ लाख ५० हजार नगद सहित सम्मान गरिएको थियो, आन्तरिक राजस्व कार्यालय भैरहवाबाट उत्कृष्ट करदाता २०७४ र नेपालको साकोसहरूको व्यवस्थापकमध्ये उत्कृष्ट व्यवस्थापक २०७३ बाट यो सहकारी सम्मानित हुन सफल रहेको छ।
कमेन्ट गर्नुहोस्