
बुटवल। निर्मल लामा स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीले विस्तारित बैठक तथा २६ औं निर्मल लामा स्मृति दिवस आज बुटवलमा मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि निर्मल लामा प्रतिष्ठान नेपाल केन्द्रका सचिव हकिकुल्लाह खा ,विशिष्ट अतिथि प्रेम सुवेदी , निर्मल लामा प्रतिष्ठान लुम्बिनी प्रदेशका सदस्य चक्रव्यु थापा लगायतले निर्मल लामाले गरिव निमुखा वर्गको पक्षमा बोल्ने गर्नु हुन्थ्यो त्यसैले वक्ताहरूले त्यही बाटोमा हिँड्नु पर्ने बताउनु भएको थियो ।
निर्मल लामा प्रतिष्ठान रुपन्देहीका अध्यक्ष गंगालाल प्रधानको अध्यक्षता , निर्मल लामा प्रतिष्ठान नेपालका केन्द्रिय सचिव हकीकुल्लाह खा को प्रमुख आतिथ्यता , प्रतिष्ठान रुपन्देहीका उपाध्यक्ष सोमनाथ शर्माको स्वागत र प्रतिष्ठान रुपन्देहीका सचिव लाल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।निर्मल लामाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन निर्माण गर्न पुर्याएको योगदानको कदर गर्दै उहाँबाट सिक्ने विषयलाई सबैले अनुसरण गर्नुपर्ने अपरिहार्यता रहेको वक्ताहरुको भनाइ रहेको थियो ।
कमेन्ट गर्नुहोस्