लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओमसतिया-६ मा उद्घोषण तालिम सम्पन्न,आत्मनिर्भर बन्नुपर्नेमा वडाअध्यक्ष धवलको जोड

IMG

मझौली। ओमसतिया-६ मा उद्घोषण तालिम सम्पन्न भएको छ। ओमसतिया गाउँपालिकाको आयोजना तथा ओमसतिया वडा नम्बर ६ को सहआयोजना र  तिलोत्तमा सिटीको ब्यबस्थापनमा ३ दिने तालिम सम्पन्न भएको हो। बैशाख १६ गतेदेखि संचालित तालिममा ५० महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो। 


कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष शिव कुमार धवलले महिलाहरू उत्पादनसँग जोडिएर तालिमलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए।उनले वडामा चाहिने सबै खालका तालिम वडाबासीहरुलाई सोधेर संचालन गरिएको र आगामी दिनमा समेत यस्ता सिपमुलक र ज्ञानमुलक तालिमहरु संचालन गरिने बताए।  


कार्यक्रममा पार्वती चौधरी, शारदा चमार, झपेन्द्र यादव तथा राजु कोहार लगायतले तालिमलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखेका थिए। सहभागीको तर्फबाट मंजिता केवटले तालिम अत्यन्त उत्कृष्ट रहेको बताएकी थिइन्।कार्यक्रमको अध्यक्षता तिलोत्तमा सिटीकी सम्पादक सरु रानाले गरेकी थिइन् भने सञ्चालन सनु थापा मगरले गरेका थिए। कार्यक्रम व्यवस्थापन मोहन न्यौपानेले गरेका थिए।

कमेन्ट गर्नुहोस्