लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा चल्यो डोजर, दर्जन बढी घर टहरा ध्वस्त

IMG

बुटवल।बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरु डोजरले भत्काउन शुरू गरेको छ । एक दर्जन ती टहरामा रहेका सामान घरधनीले बिहानै खाली गरेका थिए । 


तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो । साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साबिक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४) को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घर टहरा हटाउन थालिएको हो । साविक कित्ता नं ३९६ मा बनाईएका संरचना भत्काउन लागिएको हो । संघीय सरकारले काठमाडौंका सुकुम्बासी वस्ती खाली गराउन शुरु गरेपछि स्थानीय सरकारहरु पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न शुरु गरेको हो ।


सोही अनुसार बुटवल उपमहानगरले शनिबार सांझ अबेर माइकिंङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहां बनेका एक दर्जन घर टहराधनीले सामान अन्यत्र सारे पनि संरचनाका सामान आफुहरुले लैजान पाउनु पर्ने भन्दै प्रतिवाद गरेका थिए ।उक्त सरकारी जग्गामा बसेको वस्ती हटाउन २०७० सालमै स्थानीय दैनिक पत्रिकामा सूचना जारी गरिएको थियो । तर वस्ती हटेको थिएन । त्यहां बनेका टहरा अधिकांश चिया पसल र रेष्टुरेन्ट थिए भने अन्य भवनमा सरकारी र निजी संघसंस्थाका कार्यालय छन् ।

कमेन्ट गर्नुहोस्