लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साढे २५ लाखको अबैध सामानहरु जिल्ला प्रहरीको नियन्त्रणमा

IMG

भैरहवा। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिव २५ लाख ४८ हजार ५ सय ४० रुपैया बराबरको सामानहरु बरामद गरेको छ। सो टोलीले ति सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बरामद सामान भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। 


प्रहरीको टोलीले रोहिणी गाउपालिका वडा नं.२ स्थित मैनिहवाबाट करिव २१ लाख ५० हजार बरावरको सामाग्री मायादेवी गाउपालिका वडा नं.७ बस्ने ३३  बर्षीय दिलिप यादवको लु १ ज ४६१० नं. र लु १ ज २९२५ नं. को बलेरो गाडी सहित ६० कुइन्टल मकै बरामद गरेको छ भने सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहिया बाइपासबाट २ लाख १२ हजार १ सय ४० रुपिया बरावरको साईकल २ थान, केरा १०० के.जि., इनामेल १ डब्बा (२० लि.)., ल्वाङ २७ प्याकेट, मरिच २० कि.ग्रा., कफी चकलेट ८ प्याकेट, रेजिन (पानी सफा गर्ने) २ बोरा (५० कि.ग्रा.), लेडिज सुट २९ थान, दुपट्टा २ प्याकेट (१० पीस), कस्टमेटिक १ झोला बरामद गरेको हो।


त्यस्तै भन्सार छलेर ल्याउदै गरेको कोटहीमाई गाउँपालिका वडा नं. ३ स्थित प्रसियागाउँबाट १ लाख ४८ हजार बरावरको समान मायादेवी गाउँपालिका वाड नं. ६ बस्ने ३३ बर्षीय अजय कुमार जैसवालले चलाएको लु ४९ प १४१६ नं. मोटरसाईकल सहित २० कार्टुन ४० पिस टायल बरामद गरेको छ।


त्यति मात्रै होइन हाल सक्रिय बनेको प्रहरीको टोलिले सियारी गाउँपालिका वडा न. ०७ स्थित अमुवाबाट १० हजार ५ सय बरावरको ७० के.जि. केरा बरामद गरेको छ भने मायादेवी गाउँपालिका वडा नं. ७ स्थित गरकट्टीबाट २७ हजार ९ सय बरावरको Malkist बिस्कुट ३ कार्टून, OREO बिस्कुट १५ प्याकेट, Red Bull ४ प्याकेट बरामद गरेको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो। हाल सिमा क्षेत्रमाअ कडाई भएसंगे प्रहरी सबै नाकामा तैनाथ गरिएको र चोरी पैठारीमा संलग्नलाई कानुन अनुसार कडा कारबाही गरिने समेत बताइएको छ। भन्सार छलेर जो कसैले सामाग्री ल्याएको थाहा हुन साथ् प्रहरीलाई खबर गर्न आम जनसमुदायमा प्रहरीले आग्रह समेत गरेको छ। 

कमेन्ट गर्नुहोस्