
तिलोत्तमा । तिलोत्तमा क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गौरक्षक क्लब र तिलोत्तमा गाइज समूहले विशेष पहल थालेको छ। योगिकुटीदेखि कोटिहवासम्मको क्षेत्रमा सडकमा विचरण गर्ने गाई–गोरुको घाँटीमा निलो डोरी बाँध्ने अभियान सञ्चालन गरिएको हो।अभियान अन्तर्गत हालसम्म १० वटा गाई–गोरुको घाँटीमा निलो डोरी लगाइएको छ। सडकमा रहेका पशुचौपायालाई सजिलै देख्न सकिने बनाइ सवारी दुर्घटनाबाट जोगाउने उद्देश्यले यस्तो पहल गरिएको जनाइएको छ।
अभियानका संयोजक पुजन केसीका अनुसार सडकमा हिँड्ने गाई–गोरुका कारण हुने दुर्घटनालाई न्यून गर्न र चालकलाई सजग बनाउन निलो लाइट दिने डोरी प्रयोग गरिएको हो।गाइजका गणेश भुसालले आगामी दिनमा पनि यस अभियानलाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्।उनले निरन्तर मन्दिरहरुमा भजन मेला गरिरहेको महाभैरव तिलोत्तमा भजनको सक्रियतामा गाई गोरुको ब्यबस्थापनमा कठिनाई भएपछी डोरी बाध्ने काम अगाडी सारिएको बताएका हुन्। स्थानीयस्तरमै सुरु गरिएको यस अभियानले सडक सुरक्षा तथा पशु संरक्षणमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूले बताएका छन्।
कमेन्ट गर्नुहोस्