
काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा रहेको विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ ।प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए ।
कमेन्ट गर्नुहोस्