
बुटवल । बुटवलको बेलबास चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा बुटवल उपमहानगरपालिका १३, नागरिक टोलकी ४० वर्षीया मेनकादेवी सिंह रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए ।
मंगलबार विहान करिब ९ः४५ बुटवलबाट पश्च्मितर्फ जाँदै गरेको लु २ ख ४०९५ नम्बरको यात्रुबाहक बसले बुटवल तर्फ आउँदै गरेको लु ३२ प ५९२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।दुर्घटनामा परी बेलबासकी सिंह गम्भीर घाइते भएको प्रहरी प्रमुख श्रीवास्तवले बताए । घाइते सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।दुर्घटना लगत्तै फरार भएका बसका चालकलाई नियन्त्रणमा लिइ सकेको उनले बताए ।
कमेन्ट गर्नुहोस्