लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृत्यु पश्चात खोजी हुँदैन (कविता)

IMG

जीवन अजम्बरी हुँदैन 

एकनास सधैभरी हुँदैन

के को घमण्ड गर्छौं 

झुटो संसार जुनीभरी हुँदैन ।


त्यो मर्दामा माया हुँदैन 

अन्तेष्टि पश्चात छाया हुँदैन 

दुनियामा स्वार्थ मात्र किन ? 

जानेदिन दैव पनि छाया हुँदैन ।


आउने कालको रूप हुँदैन 

नलगेसम्म ऊ चुप हुँदैन 

किन तेरो मेरो अहङ्कार 

जाने दिन कसैको रूप हुँदैन ।


कुन लोकमा हामी पुगिएला

कुन रूपमा हामी जन्मिएला

कि शुन्यताको काखमा सधैका लागि निदाईएला 

खोजी जारी यो जीवनको अन्त्य गरिएला ।


प्रिन्सी अधिकारी

कमेन्ट गर्नुहोस्