
काठमाडौँ । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।दुर्घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । दुर्घटना स्थलमा ६ जनाको र उपचारकोक्रममा मृत्यु भएको थियो।
मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रु रहेको बताइएको भएपनि दुर्घटनाको समयमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।
कमेन्ट गर्नुहोस्