
आफ्नो काममा केन्द्रित, सचेत र अनावश्यक कुराले नअल्मलिने स्वभावका बालेन्द्र शाहलाई अहिलेको चुनावी फंदाले कत्ति पनि छोएको छैन।उनले बजारमा आउने र मिडियामा चर्चा भएको बिषय बस्तुलाई बाल नै दिएको छैनन, बरु त्यसलाई बेवास्ता गर्दै अगाडी बढिरहेका छन्। प्रतिनिधिसभा निर्वाचन नजिकिदै जाँदा बालेंन रफ्तारमा आफ्नो अभियानमा तल्लिन छन्।
उनलाई बजारभरि झ्याली पिटाएको घटना ल्यान्ड रोभर गाडीमा चुनावी अभियान गरेको घटना होस्,या कैलालीमा नक्कली बालेंनको इन्ट्री होस्, उम्मेदवारी दर्ता गर्न जाँदा संख्यात्मक हिसाबले आचारसंहिता उल्लङ्घन हुन्छ भनेर धकेलाधकेल होस् या -र्यालीमा जाँदा माला नलागाएको झोंक होस्उ, नलाई यस्ता घटनाले बालै दिएन, तर ति घटनाहरुले मिडिया र सामाजिक संजालभरी झ्याली पिटे। पत्रकारले सोधेको प्रश्नमा घोषणा पत्र फागुन ४ पछि आउने बताउने बालेंनसंग जनताले समेत के छ प्लान भन्दा, उनले फरक-फरक नागरिकका फरक-फरक एजेन्डा आउने हुँदा फागुन ४ सम्म कुर्न लगाएका छन्। बालेंनलाई बाल नभएको कुरा त के छ भने, उनि केपी ओलीकै क्षेत्र झापा-५ बाट निर्वाचनमा होमिदै छन त्यसमाथि पावरफुल मेयर पद छोडेर, र रोचक कुरा त तिनै केपी ओलीको निर्वाचन क्षेत्रकै सपर्क कार्यालय छिरेर भोट र सहयोग समेत माग्न भ्याएका छन् भने नेपालि कांग्रेसको चुनावी -र्यालीमा आफुलाई सहयोग गर्न आग्रह समेत गरे।
बालेनको आफ्नो रफ्तारमा चुनावी अभियान अगाडी बढेको छ , जसले बालेनलाई बाल नभएको, कसैको वास्ता नगर्ने र चुनावमा होमिएका प्लानर खेलाडीको रुपमा देखिएको छ। तथापी बालेंनको टक्कर र साहसलाई अहिलेका राजनीतिक विश्लेषकहरुले समेत खुबी भएको मान्छेको रुपमा परिभाषित गरेका छन् , हेरौ, झापाको चुनावमा बालेंनले फागुन २१ मा कस्तो रिजल्ट ल्याउने हुन् ?
कमेन्ट गर्नुहोस्